८ श्रावण २०८३, शुक्रबार

आरएमडीसी लघुवित्त ४ लाख बढी कित्ता सेयर आजबाट लिलामीमा



काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर आजदेखि बिक्री खुला गरिएको छ । लघुवित्तको ४ लाख बढी शेयर कित्ता आज (जेठ १६ गते) देखि लिलामीमा बिक्री खुला गरेको हो ।

एनआईसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको ४ लाख २७ हजार ५९५ कित्ता सेयर लिलामीमा राखिएको हो । लिलामी सेयरमा विद्यमान संस्थापक वा जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन् ।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य ४७७ रुपैयाँ तोकिएको छ । लगानीकर्ताहरु न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

बोलपत्र काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ । बोलपत्र यही जेठ ३१ गते बैंकिङ समयसम्म पेस गरिसक्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्