आइतबार थप ४३६९ जनामा कोरोना संक्रमण, ६२०५ निको भए
काठमाडौं । आइतबार थप ४ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी वितेको २४ घण्टामा थप ६ हजार २ सय ५ जना कोरोना संक्रमणमुक्त छन । भने यसै अवधिमा कोरोना संक्तमणबाट ज्यान गुमाउनेको संख्या १ सय ९ पुगेको छ ।
हल सरकारले परिक्षणको दायरा घटाएसंगै कोरोना संक्रमितको संख्या पनि उल्लेख्य रुपमा घटेको छ ।













