सोमबार ४७६२ जनामा कोरोना, ६४९१ जना संक्रमित निको भए
काठमाडौं । सोमबार पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ५५ जनाको पिसिआर र २ हजार ४२५ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ४ हजार १७८ जना र एन्टीजेटमार्फत ५८४ जना संक्रमित पुष्टि भएका हुन ।
त्यसैगरी वितेको २४ घण्टामा थप ६ हजार ४९१ जना संक्रमित निको भएका छन । यो संगै हालसम्म देशभर निको हुनेको संख्या ४ लाख ४७ हजार ४ सय ४६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ११४ जना संक्रमितको ज्यान गएको छ । देशभर एक लाख ६ हजार ४७० जना सक्रिय संक्रमित रहेका छन्।














