एनएलजी इन्स्योरेन्सको १०.५२ प्रतिशत लाभांश घोषणा - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

एनएलजी इन्स्योरेन्सको १०.५२ प्रतिशत लाभांश घोषणा



काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट चुक्ता पूँजीको १०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिले एनएफआरएस अनुसार तयार भएको वित्तीय विवरण पारित गर्दै स्वीकृतिका लागि बीमा समितिमा पेश गर्ने निर्णय गरेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ९ करोड रुपैयाँ रहेको छ । प्रस्तावित १० प्रतिशत बोनस शेयर वितरण पछि भने १ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्