२७ श्रावण २०८३, बुधबार

बैंकहरूले कर्जा असुली ढिलो हुँदा जरिवाना लगाउन नपाउने, ग्राहकहरूलाई राहत



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकबाट कर्जा असुली ढिलो हुँदा जरिवाना लगाउन नपाउने भएका छन् ।

कोरोना संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर र सो अवधि सकिएको ७ दिनसम्म ग्राहकबाट कर्जा असुलीमा कुनै पनि पेनाल्टी लिन नपाउने भएका हुन् ।

केन्द्रिय बैंकले चालु आवको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै कोरोना संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकबाट कर्जा असुलीमा कुनैपनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने बताएको हो ।

त्यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निषेधाज्ञा अवधिमा धितो लिलाम नगर्न निर्देशन दिएको छ । केन्द्रिय बैंकले निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुली सम्बन्धी सूचना वा लिलामी सम्बन्धि सूचना जारी गर्न नपाउने व्यवस्था मिलाउने जनाएको हो ।

केन्द्रिय बैंकले निषेधाज्ञाको अवधिमा कर्जाको किस्ता वा व्याज भुक्तानी गर्ने ग्राहकलाई छुट प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोत्साहित गरिने पनि बताएको छ ।