तोकिएको समयमा साँवा र ब्याज तिरे एनआईसी एशियाले १५ प्रतिशतसम्म छुट दिने
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले भाखा नाघेका ऋणी सदस्यहरुलाई यहि जेष्ठ मसान्त सम्ममा भुक्तानी गर्नुपर्ने कुल बक्यौता साँवा र ब्याज रकम संस्थालाई जेष्ठ १८ गतेदेखि जेष्ठ ३१ गते सम्ममा चुक्ता गरेमा कूल ब्याज रकमको ८% देखि अधिक १५% सम्म छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।
कोभिड १९ को कारणले सृजित विषम परिस्थितीको सामना गर्न ग्राहकहरुलाई सहज होस् भन्ने अभिप्रायले यस्तो योजना ल्याइएको कम्पनिले जनाएको छ ।
हगत महिनामा समेत बैशाख २४ गते देखि ३१ गते सम्मको अवधिमा विगतको भाखा नाघेको साँवा तथा ब्याज तिरी २०७८ बैशाख मसान्त सम्मको सम्पूर्ण लेना भुक्तानी गर्ने ऋणी सदस्यलाई सो अवधिमा संस्थालाई चुक्ता गरेको वक्यौता (तिर्न बाँकी रहेको) कुल ब्याज रकमको १०% छुट प्रदान योजना लागु गरेको थियो ।
यस वित्तीय संस्थाले गत आ.वा २०७६÷०७७ मा समेत आफ्ना ग्राहकहरुलाई ५ करोड ९५ लाख ३३ हजार ४०४ रुपैयाँ ब्याज छुट प्रदान गरेको थियो । कम्पनिको मुलुकभर ६९ जिल्लामा २४७ शाखा कार्यालय मार्फत् यस वित्तीय संस्थाले सेवा प्रदान गर्दै आइरहेको छ ।













