त्यो कहालीलाग्दो दिन जेठ १९ - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

त्यो कहालीलाग्दो दिन जेठ १९



काठमाडौं । नेपालको इतिहासमा कहालीलाग्दो घटना भएको आज २० वर्ष वितेको छ । तत्कालीन राजा बिरेन्द्रको बशंनै नास हुने गरि रहस्यमय हत्या २ दशक अघि आजकै दिन २०५८ साल जेठ १९ गते भएको थियो ।

२०५८ साल जेठ १९ गते राती तत्कालीन राजा बिरेन्द्र रानी ऐशैर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिको हत्या भएको थियो । तर हत्या भएको २ दशक पार भैसक्दा पनि हालसम्म हत्या कस्ले किन र कसरी गरे रहस्यकै विषयमा रहेको छ ।

हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठिन भएको छानबिन समितिले जेठ १९ को घटनामा तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोली हानेर हत्या गरेको र पछि आफैँलाई गोली हानेको भन्ने प्रतिवेदन सार्वजनिक गरेका थिए । तर हत्या युवराज दीपेन्द्रले नै गरेको भन्ने विश्वास नेपाली जनातामा छैन ।

नेपालकै इतिहासमा ३० बर्ष बिरेन्द्र राजा बनेका थिए । नेपालमा १३ पुस्ता राजा भएको इतिहाश भएपनि अहिले राजसंस्थाको पूर्णतः अन्त्य भएको छ । नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्यसँगै गणतन्त्र स्थापनाको घोषणा भयो । हत्याकाण्ड भएको नारायणहिटी दरबारलाई संग्राहलय बनाएर सर्वसाधारणका लागि खुला गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्