स्वास्थ्यकर्मीमाथी आक्रमण हुन थालेपछि सरकारले बनायो कडा कानुन, ४ वर्ष जेल र २ लाख जरिवाना हुने
काठमाडौं । स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई दुई लाख नगद जरिवाना र ४ वर्ष जेल सजाय हुने व्यवस्थासहित सरकारले अध्यादेश ल्याउने तयारी गरेको छ । पछिल्लो समय कोरोना भाइरस उपचार रोकथाम तथा नियन्त्रणका लागि अग्रपङ्गतिमा खटिने स्वास्थ्यकर्मीमाथि आक्रमण हुन थालेपछि सरकारले कडा कानुन बनाएको हो । अब स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ४ वर्ष जेल र २ लाख नगद नरिवाना लाग्ने छ ।
त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को संशोधन अध्यादेशको मस्यौदा तयार पारेको छ । स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई घेराउ गर्ने, हातपात गर्ने वा शारीरिक रुपमा आघात पु¥याउनेलाई दुई लाख रुपैयाँ जरिवाना वा चार वर्ष कैद वा दुवै सजाय हुने प्रस्ताव उक्त मस्यौदामा रहेको छ ।
स्वास्थ्य संस्थामा तालाबन्दी, तोडफोड, आगजनी वा घेराउ गर्नेलाई पनि यही ४ वर्ष जेल र २ लाख जरिवाना सरकारले तोकेको छ । स्वास्थ्यकर्मीमाथी आक्रमण हुने क्रम बढेसंगै अस्पतार र आफुहरुलाई आक्रमण गर्नेलाई कडा कानुनको व्यवस्था गनुपर्ने माग स्वास्थ्यकर्मीले राख्दै आएका थिए ।













