विहीबार ५९०४ निको भए, थप ६,८२५ जनामा कोरोना संक्रमण
काठमाडौं । बिहिबार पछिल्लो २४ घण्टामा थप ५ हजार ९ सय ४ जना कोरोना संक्तमित निको भएका छन । यो संगै निको हुनेको संख्या ४ लाख ६७ हजार ४ सय ६७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ७ सय ७३ जनाको परिक्ष्ँ गर्दा थप ६ हजार ८ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी वितेको २५ घण्टामा थप ७५ जनाको कोरोनाबाट मुत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ हजार ६ सय ३० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर १ लाख १ हजार ८ सय ३९ जना संक्रिय संक्रमित रहेका छन ।















