शनिबार ८२४६ निको भए, थप ५०४२ जनामा कोरोना संक्रमण
काठमाडौं । शनिबार पछिल्लो २४ घण्टामा देशभर ८ हजार २४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो संगै देशभर हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ लाख ८४ हजार ३ सय ७३ जना पुगेको छ ।
वितेको २४ घण्टामा थप ६८ जनाले कोरोनाबाट ज्यान गुमाएका छन । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ७ सय ९९ पुगेको छ ।
त्यसैगरी वितेको २४ घण्टामा थप ५ हजार ४२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।















