२ कम्पनीको साधारण सभा आज हुँदै, सानिमाले आईपीओ र नाडेपले सेयर संरचाना ५१ः४९ मा परिवर्तन गर्ने प्रस्ताव पारित गर्दै - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

२ कम्पनीको साधारण सभा आज हुँदै, सानिमाले आईपीओ र नाडेपले सेयर संरचाना ५१ः४९ मा परिवर्तन गर्ने प्रस्ताव पारित गर्दै



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आज हुँदै छ । कम्पनीको सभा प्रधान कार्यालय कमलादी, काठमाडौंमा बिहान ११ बजेबाट शुरु हुनेछ । साधारण सभामा आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । इन्स्योरेन्सले सर्वसाधारणलाई प्राथमिक शेयर आईपीयो ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर जारी गर्नेछ ।

साधारणभाले आर्थिक वर्ष २०७५–०७६ को वार्षिक प्रतिवेदन उपर छलफल गर्नुका साथै पारित गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, सभामा लेखापरिक्षक नियुक्ती गर्ने र सञ्चालक समिति सदस्यहरु बैठक भत्ता तथा अन्य सुविधाहरु पुनरावलोकन गर्ने प्रस्ताव रहेको छ ।

त्यस्तै, नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौ वार्षिक साधारण सभा आज जेठ २३ गते हुँदैछ । यस अघि जेठ ७ गते बोलाएको साधारण सभा स्थगित गरेको थियो । कम्पनीको बार्षिक साधारण सभा रानीबन पार्टीप्यालेश ११ बजेदेखि शुरु हुनेछ ।

सभामा संस्थाको सेयर संरचाना ७०ः३० लाई परिवर्तन गरी ५१ः४९ मा परिवर्तन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले वित्तीय संस्थासंग गाभ्ने–गाभिने वा एक्विजिशनका लागि प्रस्ताव आएमा सो कार्यका लागि समझदारी पत्रमा हस्ताक्षर गर्ने र लेखापरीक्षको पारिश्रमिक तोक्ने लगायतका एजेण्डालाई साधारण सभाले पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्