८ श्रावण २०८३, शुक्रबार

१७.८९ प्रतिशत लाभांश पारित गर्न नागरिक लगानी कोषले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं । नागरिक लगानी कोषको २६ औं वार्षिक साधारण सभा असार १८ गते बोलाएको छ । लगानी कोषको जेठ २१ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा दिउँसो २ बजे कोषको केन्द्रिय कार्यालय काठमाडौंमा बोलाएको हो ।

सभामा आर्थिक वर्ष २०७६–०७७ को नाफाबाट शेयरधनीलाई ९ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत गरी ८.८९४७ प्रतिशत गरी कूल १७.८९७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, कम्पनीले लाभांश वितरण र साधारण सभा प्रयोजनको लागि असार ८ गते (एक दिन)का लागी बुक क्लोज गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्