नेप्सेमा ग्लोबल आईएमई लघुवित्तको १० लाख ८ हजार कित्ता सेयर सूचीकृत, भोलिदेखि कारोबारमा आउने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १० लाख ८ हजार कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको १० लाख ८ हजार २६१.७८ कित्ता सेयर सूचीकृत भएको छ ।
स्पर्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरे पश्चात संस्थाको सो मात्राको सेयर आज (जेठ २३ गते) नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको सेयर भोलि (जेठ २४ गते) सोमबारदेखि दोश्रो बजारमा कारोबारमा आउनेछ ।
ग्लोबल आईएमई लघुवित्तले स्पर्स लघुवित्तलाई १ बराबर ०.९० को अनुपातमा प्राप्तीपश्चात चुक्ता पूँजी ४३ करोड रुपैयाँ बढी पुगेको छ ।














