आइतबार ३४७९ जनामा कोरोना संक्रमण,थप ६६३६ जना संक्रमणमुत्त
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३४७९ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो समय सरकारले कोरोना परिक्षणको दायरा घटाएसंगै कोरोना संक्रमितको संख्यम पनि घट्न थालेको हो ।
त्यस्तैगरि पछिल्लो २४ घण्टामा थप ९९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ८ सय ९८ पुगेको छ । आइतबार वितेको २४ घण्टामा थप ६,६३६ जना संक्रमणमुक्त भएका हुन ।












