२ कार्तिक २०८३, सोमबार

महिला सहयात्रा र नेशनल माइक्रोफाइनान्सको साधारणसभा आज हुँदै, प्राप्ति गर्ने कार्यलाई अन्तिम स्वीकृति दिने



काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले बिशेष साधारण सभा आज हुँदैछ । संस्थाको जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकले बिशेष सधारण सभा आज बोलाएको थियो । महिलाको बिशेष साधारण सभा आज (जेठ २५ गते, मंगलबार) केन्द्रिय कार्यालय मकवानपुरमा बिहान ११ बजे र नेशनलको आज (जेठ २५ गते) केन्द्रिय कार्यालय धादिङ्गमा बिहान ११ बजे शुरु हुनेछ ।

दुबै संस्थाले एक आपसमा गाभ्ने तथा मर्जरका लागी बिशेष प्रस्ताव राखेका छन् । साधारण सभामा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाबीच एक्विजिशन हुने बिशेष प्रस्ताव माथि छलफल गरी पारित गर्नेछ । सभाले डीडीए तथा आपसी सहमतिका आधारमा निर्धारण गरिएको १००ः६८ सेयर स्वाप अर्थात् महिला सहयात्राको १०० कित्ता सेयर नेशनल माइक्रोफाइनान्समा विलय भएपछि ६८ कित्ता कायम हुनेछ ।

विशेष साधारणसभा प्रयोजननार्थ जेठ १७ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट सैदान्तिक स्वीकृति पाइसकेको छ । दुई संस्थालाई मर्जर तथा प्राप्तिको लागि राष्ट्र बैंकले बैशाख १५ गते सैदान्तिक स्वीकृति प्रदान गरेको थियो ।

नेशनल माइक्रोफाइनान्सको पूँजी २६ करोड ४० लाख रुपैयाँ छ । जसले ४३ वटा जिल्लाका ६५ वटा शाखा कार्यालयबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । त्यस्तै, यता ११ करोड चुक्ता पूँजी भएको महिला सहयात्रा लघुवित्तले विभिन्न १८ जिल्लामा सेवा दिँदै आएको छ ।