साल्ट ट्रेडिङको २० प्रतिशत छुटमा उपभोक्ताको भिड बढेको भन्दै २ घण्टा मात्रै सामान बिक्री गरिने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

साल्ट ट्रेडिङको २० प्रतिशत छुटमा उपभोक्ताको भिड बढेको भन्दै २ घण्टा मात्रै सामान बिक्री गरिने



काठमाडौं । कोरोना भाइरस महामारीका कारण साल्ट ट्रेडिङ कर्पोरेशनले सरकारले तोके अनुसारको २० प्रतिशत छुट बिहान मात्र दिने निर्णय गरेको छ ।

विभिन्न बस्तुमा २० प्रतिशत छुट दिने भएपछि उपभोक्ताको भिड बढेको भन्दै बिहान बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र छुट दिने कम्पनीले जनाएको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०७७–०७८ को बजेटमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निषेधाज्ञा अबधिभ २ सरकारी संस्थानबाट खाद्य पदार्थ किन्दा २० प्रतिशत छुट दिने बताएका थिए ।

बजेट वक्तव्यमा निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट विक्री हुने चामल, पिठो, दाल, नुन, खानेतेल, चिनी तथा खाना पकाउने ग्याँसको विक्री मूल्यमा २० प्रतिशत छुट दिने उल्लेख गरिएको थियो ।

उपभोग्य सामग्रीको मासिक कोटा निर्धारण गर्ने, कोटा निर्धारण गर्दा ५ जनाको परिवारलाई एक इकाई मानी सहुलियतका सामग्री पहिलो पटक एक महिनाका लागि खाद्य तथा व्यापार कम्पनीबाट ३० केजी चामल र २ केजी सिमीको दाल सहुलियत दरमा उपलब्ध गराउँदै आएको छ ।

यस्तै साल्ट ट्रेडिङबाट २ केजी पिठो, २ केजी चिनी, २ केजी नुन, १ लिटर भटमासको खाने तेल र खाना पकाउने ग्यास १ सिलिण्डर सहुलियत दरमा उपलब्ध गराउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्