६४ एमपी ट्रेन्डसेटिङ्ग क्यामेरा र एमोलेड डिस्प्ले सहित नेपालमा रियलमी ८ सार्वजनिक ,कति पर्छ मुल्य ?
काठमाडौँ । सँसाारमा तिव्र रुपमा आफ्नो बजार विस्तार गर्दै गएको स्मार्टफोन ब्राण्ड रियलमीले नेपाली बजारमा रियलमी ८ सार्वजनिक गरेको छ ।मध्यम रेन्जको नम्बर सिरिज रियलमीको ख्याती प्राप्त सिरिज हो, र यो सिरिज तीन वर्षको अवधिमा ६ वटा जेनेरेसन अपग्रेड र ३ करोड ३० लाख विक्रीका साथ यो मोबाइल फोनको क्षेत्रमा उत्कृष्ट सिरिजका रुपमा देखा परेको छ । रियलमी ८ उत्कृष्ट विकासका साथ ६४ एमपी सेन्सर र नयाँ ट्रेन्डसेटिङ्ग फिचरहरुका साथ बजारमा ल्याइएको छ । यसमा १ हजार निट्ससम्म उच्च ब्राइटनेसको सुविधा रहेको एमोलेड सुपर डिस्प्ले राखिएको छ ।
६४ एमपी एआई क्वाड क्यामेरा, तेजिलो फोटो र उत्कृष्ट रात्रीकालिन फोटो
रियलमी ८ को मुख्य क्यामेराको रुपमा, ६४ एमपी क्यामेरा रहेको छ साथै ८ एमपीको ११९ डिग्री वाइड एङ्गगलसहित माइक्रो र ब्ल्याक एण्ड ह्वाइट प्रोटेट लेन्स सहित चार क्यामेरा ट्रेन्डसेटिङ्गका नयाँ फिचर रहेका छन् । दोहोरो दृश्य भिडियो फिचरले प्रयोगकर्ताका लागि रमाइलो र आकर्षक भिडियो लिन सहयोग गर्छ । यसैगरी यूआईएस म्याक्स भिडियो स्टयावील्याइजेसनले स्थिर र स्मुथ चलायमान भिडियो खिच्न सहयोग पु¥याउँछ ।
६.४ इन्च सुपर एमोलेड डिस्प्ले र १००० निट्सेकोे अधिकतम ब्राइटनेस
रियली ८ मा ६.४ इन्च सुपर एमोलेड डिस्प्ले रहेकोे छ । यसमा सधैँ डिस्प्ले बल्ने र फास्ट अनलकिङ लाइट सेन्सेटिभ इनडिस्प्ले सेन्सरको पनि प्रयोग गरेको छ । डिस्प्लेमा १०८० पी एफएचडी रिजोलुसन र १८० हर्जको टच स्याम्पलिंग रेट प्रयोग भएको छ । सनलाइट मोडले १ हजार निट्ससम्मको ब्राइटनेस समर्थन गर्दछ । डिस्प्लेमा आँखाको सुरक्षाको डीसी–लाइक डिमिङ र न्यून ब्राइटनेसमा एन्टी फ्लिकरको प्रावधान रहेको छ ।
३० वाट डार्ट फ्ल्यास चार्ज, ५००० एमएएच् व्याट्री
रियलमी ८ को साथ ३० वाट डार्ट फ्ल्यास चार्ज उपलब्ध छ जसले यसमा रहेको ५००० एमएएच् व्याट्रीलाई मात्र ६५ मिनेटमा पूर्ण रुपले चार्ज गर्न सक्छ । यसको चार्जरमा ५ आयाम सुरक्षा प्रविधिले चार्जिङलाई पूर्णतया सूरक्षित बनाउँछ ।
रियलमी ८ मा रहेको ५००० एमएएच् व्याटी« ४० दिन स्ट्यान्डवाइमा र निरन्तर खेल खेल्दा १० घण्टा सम्म टिक्न सक्छ । यसमा रहेको सुपर पावर सेभिङ्ग मोडले ५ प्रतिशत मात्र रहँदा पनि २ दिनसम्म टिकाउन सक्छ । रियलमी ८ मा विभिन्न एप् जस्तै क्विक फ्रिज, स्लिप स्ट्यान्डवाइ अप्टिमाइजेसन र अन्य व्याट्री अप्टिमाइजेसन फिचर्सहरु रहेका छन् ।
यसबाट ओटीजी केवल मार्फत अन्य फोन र स्मार्ट डिभाइजलाई चार्ज गर्न समेत सकिन्छ । ८ रर्याम र १२८ जीबी स्टोरेजसहित उपलब्ध रियलमी ८ को मूल्य नेपाली बजारमा ३५,९९० रहेको छ ।













