यशोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रस्टले दियो दुप्चेश्वर गाउँँपालिकालाई स्वास्थ्य सामग्री - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

यशोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रस्टले दियो दुप्चेश्वर गाउँँपालिकालाई स्वास्थ्य सामग्री



नुवाकोट । यशोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रस्टले स्वास्थ्य सामग्री वितरण गरेको छ । ट्रस्टले नुवाकोटको दुप्चेश्वर गाउँपालिका भित्रका विभिन्न स्वास्थ्य संस्थाहरुलााई कोरोना भाइरसको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री वितरण गरेको छ ।

आज ट्रस्टले अक्सिजन कन्सन्ट्रेटर ३ स्थान, N-95 छ मास्क, ५÷५ स्थान पीपीई ट्रस्टका अध्यक्ष डा केदारनरसिंह केसीले हस्तान्तरण गरेको ट्रस्टका महासचिव एवं नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले बताएका छन ।

दुप्चेश्वर गाउँपालिका प्रतिनिधिमार्फत उक्त स्वास्थ्य सामग्रीहरु समुन्द्रटार हेल्थपोस्ट, राउतबेंसी हेल्थ पोस्ट, घ्याङ्फेदी हेल्थ पोस्टहरुका लागि हस्तान्तरण गरिएको केसिले बताएका छन ।

May be an image of 2 people, people standing and outdoors


प्रतिक्रिया दिनुहोस्