महिला सहयात्रालाई नेशनल माइक्रोफाइनान्सले प्राप्ति गर्ने प्रस्ताव पारित
काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । जेठ २५ गते सम्पन्न संस्थाको विशेष साधारणसभाले नेशनल माइक्रोफाइनान्समा समाहित हुने प्रस्ताव पारित गरेको हो । गत जेठ ९ गते गाभ्ने गाभिने सम्वन्धी भएको अन्तिम सम्झौता अनुसार महिला सहयात्रा लघुवित्त संस्थाको यस विशेष साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाबीच एक्विजिशन हुने बिशेष प्रस्ताव माथि छलफल गरी पारित गरेको हो । डीडीए तथा आपसी सहमतिका आधारमा निर्धारण गरिएको १००ः६८ सेयर स्वाप अर्थात् महिला सहयात्राको १०० कित्ता सेयर नेशनल माइक्रोफाइनान्समा विलय भएपछि ६८ कित्ता कायम हुनेछ ।
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट सैदान्तिक स्वीकृति पाइसकेको छ । दुई संस्थालाई मर्जर तथा प्राप्तिको लागि राष्ट्र बैंकले बैशाख १५ गते सैदान्तिक स्वीकृति प्रदान गरेको थियो ।
प्राप्तीपश्चात संस्थाको चुक्ता पूँजी ४१ करोड, कुल निक्षेप २ अर्ब ५० करोड भन्दा बढी र कुल कर्जा लगानी १० अर्ब रुपैयाँभन्दा बढि पुग्नेछ ।















