फेरि बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । आज बुधबार सुनको भाउ प्रतितोला १ सय रुपैँयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ सयले बढेर छापावाल सुन प्रतितोला ९४ हजार २ सय र तेजावी सुन प्रतितोला ९३ हजार ७ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी मंगलबारमै मुल्य प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।














