आइएमई लाइफको तेस्रो वार्षिक साधारणद्वारा आईपीओ जारी गर्ने प्रस्ताव पारित
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा कम्पनीको रजिस्टर्ड तथा कर्पोरेट कार्यलयमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।
सोमबार सम्पन्न भएको सभाले धितोपत्र दर्ता गरी शेयर प्रारम्भिक (आईपीओ) सार्वजनिक निष्काशन गर्ने विषेश प्रस्ताव पारित गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०७५–०७६ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०७–०७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सम्बन्धीत अनुसूचि तथा एनएफआरएस प्रणाली लागु गरी तयार गरीएको वित्तीय विवरण माथि छलफल गरी पारित गरिएको छ ।
त्यस्तै, सभाले आर्थिक वर्ष २०७६–०७७ को लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।













