२ कार्तिक २०८३, सोमबार

नेशनल माइक्रोफाइनान्सले ग्राहकहरुलाई सावा र ब्याजमा १० प्रतिशत छुट दिने



काठमाडौं । नेशनल माइक्रोफाइनान्सले ग्राहकहरुलाई ब्याजमा छुट दिने भएको छ । कोरोना भाइरस महामारीका कारण नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्ना ग्राहकहरुलाई ब्याजमा १० प्रतिशत छुट दिने भएको हो ।

कोराना भाइरस महामारीको दोस्रो भेरिएन्टको कारण संस्थामा आवद्ध १ लाख ५ हजार ग्राहक सदस्यहरुलाई हालको विपद्को अवस्थाबाट व्यवसायमा परेको असरलाई मध्यनजर गरि तत्काल राहत स्वरुप बुझाएको ब्याज रकमको १० प्रतिशतले आउने बराबरको रकम २०७८ अषाढ मसान्तसम्म छुट दिने निर्णय गरेको हो ।

२०७८ अषाढ १ गतेदेखि अषाढ मसान्तसम्म सावा तथा ब्याज बुझाउने ग्राहकलाई १० प्रतिशत छुट दिने भएको हो ।