नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर बिक्रीमा, प्रति शेयर न्यूनतम मूल्य १०२२ - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर बिक्रीमा, प्रति शेयर न्यूनतम मूल्य १०२२



काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्र्तगतको ७८ हजार १ सय ५० कित्ता शेयर बिक्री गर्ने भएको छ ।

संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रति कित्ता न्यूनतम मूल्य १ हजार २२ रुपैयाँ तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।

साथै संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले असार ३ गते अर्थात हिजोदेखि असार १० गते सम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा आइपुग्ने गरी प्रति कित्ता आपूmले लिन चाहेको दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने कम्पनिले जनाइएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्