नेशनल माइक्रोफाइनान्स र समृद्धि फाइनान्सको संस्थापक सेयरमा आवेदन भर्ने आज अन्तिम दिन, प्रतिकित्ता मूल्य कति ?
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र समृद्धि फाइनान्स लिमिटेडको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असार ३ गते, बिहीबारदेखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको संस्थापक समूहको सेयरमा आवेदन दिने आज (असार १० गते, बिहीबार) अन्तिम दिन हो ।
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्र्तगतको ७८ हजार १५० कित्ता शेयर बिक्री गरेको छ । उक्त संस्थापक शेयरको प्रतिकित्ता न्यूनतम मूल्य रु.१ हजार २२ रुपैयाँ तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।
साथै संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा आइपुग्ने गरी प्रतिकित्ता आपूmले लिन चाहेको दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।
त्यस्तै, समृद्धि फाइनान्स कम्पनी लिमिटेडले अवितरित १३ लाख ८० हजार ७१८ कित्ता हकप्रद शेयर बिक्री गरेको हो । यसअघि वि.स. २०७७ मंसिर १० गतेदेखि मंसिर १७ गतेसम्म बोलपत्र आव्हान गरिएको संस्थापक समूहको लागि १३ लाख ८० हजार ७१८ कित्ता शेयरमा आवेदन नपरेकाले पुनः बिक्री गरेको कम्पनीले जनाएको छ ।
कम्पनीको लिलामी शेयरमा न्यूनतम १०० रुपैयाँ वा त्यसभन्दा बढी मूलय तोकेर गोप्य बोलपत्र पेश गर्नु पर्नेछ । बोलपत्र आवेदन पेश गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा बढी अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले बिओके क्यापिटल, एलआइसी बिल्डीङ्ग नक्साल काठमाडौं र बैंक अफ काठमाण्डूका शाखा कार्यालयहरु मेनरोड बिराटनगर, भद्रपुर रोड बिर्तामोड, आर्दशनगर बीरगंज, स्टेशनरोड जनकपुर धनुषा, मेनरोड हेटौडा, लायस बिल्डिङ्ग लायस चोक नारायणघाट, न्युरोड पोखरा, दुर्गा मन्दिर लाईन ट्राफिक चोक बुटवल, बाग्लुङ, नयाँ सडक घोराही, धम्बोजी, सुर्खेत रोड नेपालगंज, विरेन्द्रचोक विरेन्द्रनगर सुर्खेत, मेनरोड चौरहा धनगढी, समृद्धि फाइनान्स कम्पनी केंद्रीय कार्यालय हेटौडा, शाखा कार्यालय पुतलीसडक, बुटवल, पोखरा र नारायणघाट र ज्योति विकास बैंक भिमदत्त नगरपालिका ४ महेन्द्रनगर कन्चनपुरमा फाराम पाइने र बुझाउन सकिनेछ ।













