बाढीको क्षतिले ५ अर्बको बीमा दाबी आउनसक्ने अनुमान, बीमा समितिले माग्यो तथ्यांक
काठमाडौं । असार पहिलो साता आएको बाढीका कारण बीमा कम्पनीहरुमाथि ५ अर्ब रुपैयाँ हाराहारीमा दाबी आउनसक्ने आँकलन बीमकले गरेका छन् । देशभरका विभिन्न नदी तथा खोलामा साना ठूला जलविद्युत् आयोजना, निजी घर र कतिपय होटेल तथा रेस्टुरेण्टलाई बाढीले धेरथोर असर गरेको छ । यसमध्ये सबै क्षतिको बीमा नभएको भए पनि धेरैले बीमा गरेको हुनसक्ने बीमक बताउँछन् ।
नदी किनारम ाबनेका अधिकांश पक्कि घरका लागि बैंकको ऋण प्रवाह भएको र त्यस्ता ऋण तिरि नसकिएका घरको बीमा अवधि कायमै रहेको छ । यसले निर्जीवन बीमा कम्पनीहरुमाथि ठूलो दायित्व सिर्जना हुने देखिएको छ । बीमा कम्पनीका अधिकारीशहरु सबै निर्जीवन कम्पनीहरुले यस क्षतिमा आआफ्नो ‘एक्पोजर’ को हिसाब गरेर बसेको बताउँछन् ।
बीमा समितिले पनि बाढीका कारण भएका क्षतिमा बीमा कम्पनीहरुलाई आआफ्नो ‘एक्सपोजर’ अर्थात् बीमांक र क्षतिको विवरण बुझाउन निर्देशन दिएको छ । समितिले केही दिनअघि नै बीमा कम्पनीहरुलाई यस्तो निर्देशन दिएको समितिका सूचना अधिकारी निर्मल अधिकारीले बताए ।
‘हामीले सबै कम्पनीलाई बाढी प्रभावित क्षेत्रमा भएको बीमाको विवरण मागेका छौं,’ अधिकारीले भने, ‘कम्पनीहरुले यसबारे विवरण पठाइसकेका छैनन् ।’ सम्पूणर् विवरण नआईकन कति क्षति भएको छ र बीमा कम्पनीहरुले के कति क्षति व्यहोर्नुपर्छ भन्ने यकिन नहुने उनले बताए ।













