माई सेकेण्ड टिचरद्धारा राष्ट्रिय क्रिकेट टोलीलाई ५ लाख र ४ डेब्युटेन्टस्लाई १ लाख हस्तान्तरण - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

माई सेकेण्ड टिचरद्धारा राष्ट्रिय क्रिकेट टोलीलाई ५ लाख र ४ डेब्युटेन्टस्लाई १ लाख हस्तान्तरण



काठमाडौं । माई सेकेण्ड टिचरले राष्ट्रिय क्रिकेट टोलीलाई ५ लाख र ४ डेब्युटेन्टस्लाई १ लाख हस्तान्तरण गरेको छ । गएको वैशाखमा नेपाल, नेदरल्याण्डस् र मलेसियाबीच सम्पन्न भएको त्रि देशिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै उपाधि जितेको राष्ट्रिय क्रिकेट टोलीलाई आज एक समारोहबीच मुख्य प्रायोजक माई सेकेण्ड टिचरले प्रोत्साहन र सम्मानस्वरुप नेपाली क्रिकेट टोलीलाई नगद। ५ लाख र सो प्रतियोगितामा डेब्यु गरेका ४ खेलाडीलाई। १ लाख प्रदान गरेको छ ।

त्रिवि अन्र्तराष्ट्रिय क्रिकेट स्टेडियम , कीर्तिपुरमा आयोजित उक्त प्रतिस्पर्धात्मक सिरिजमा मलेशिया र नेदरल्याण्डडस्लाई पराजित गर्दै नेपाल सिरिजको शीर्ष स्थान हासिल गर्न सफल भएको थियो । आउँदो जुलाईमा स्पेनस्थित आयोजना हुन गइरहेको विश्वकप लिग टु मा नेपालले दोश्रो श्रृङखलामा स्कटल्याण्ड र नाम्बियाको सामना गर्ने छ । समारोहका बीचमा नेपालका सर्वोत्कृष्ट खेलाडी ज्ञानेन्द्र मल्लले नेपालको उत्कृष्ट प्रदर्शनमा खुसी व्यक्त गर्दै आउँदो दिनहरुमा पनि नेपालको प्रर्दशन विशिष्ट र सन्तोषजनक रहने दाबी गरेका थिए ।

इन्नोभेट टेकका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले “ नेशन सिरिजमा नेपालको उत्कृष्ट प्रर्दशन देख्दा निकै नै गर्वशाली महसुस भएको बताएका छन । नेपाली क्रिकेट टोलीको खेलको स्तरोन्नति र खेलाडीहरुको आत्मविश्वास देख्दा अन्र्तराष्टिय खेलकुद जगत्मा नेपाल चाडैँ नै फस्टाउने कुरामा निकै आशावादी रहेको उनले बताएका छन । साथै माई सेकेण्ड टिचरले नेपाली शैक्षिक क्षेत्रको मात्रै नभई नेपाली खेल जगत्को स्तरोन्नति तथा नेपाली खेलाडीको मनोबल उच्च गराउन आगामी दिनहरुमा पनि विभिन्न किसिमका कार्यक्रमहरु आयोजना गरी खेलकुद क्षेत्रमा आमुल परिवर्तन ल्याउने कुरामा प्रतिबद्ध रहेकोे छ उनले बताएका छन ।

नेपालकै शिक्षा नीतिलाई लक्षित गरी बनाइएको यस प्लेटफर्म विश्वभर २० विकसित देशका दर्जनौँ क्याम्ब्रिज विद्यालय एवम् विश्वविद्यालयका हजारौँ विद्यार्थी , शिक्षक तथा अभिभावकहरुले प्रयोग गर्दै आएका छन् । अमेजन वेब सर्भिसेसको “ इडी स्टार्ट ” अवार्डबाट सम्मानित यस ई लर्निङ प्लेटफर्म सन् २०२०मा एसिया प्यासिफिक क्षेत्रका उत्कृष्ट १० ई लर्निङ प्लेटफर्ममा शीर्ष स्थान हात पार्न सफल रहेको थियो ।

प्रतियोगिताको फाइनलमा घोषणा गरिएको सो पुरस्कार निषेधाज्ञाका कारण बुधबार मात्र हस्तान्तरण गरिएको माई सेकेण्ड टिचरले बताएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्