२ कार्तिक २०८३, सोमबार

एनआइबिएल खुलामुखी योजानाको दोस्रो वार्षिकोत्सवको उपल्क्षयमा लगानी गर्ने सुवर्ण अवसर



काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेडले एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत संचालित एनआइबिएल सहभागितामा लगानी गर्ने अवसर ल्याएको छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ र सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत संचालित एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) को सफलतापूर्वक सञ्चालनको दोस्रो वार्षिकोत्सवको उपल्क्षयमा एनआईबीएल एस क्यापिटल लिमिटेडले आफ्ना लगानीकर्ताहरुको लागि लगानी गर्ने सुवर्ण अवसर ल्याएको छ ।

यस योजनामा सहभागी भई लगानीकर्ताहरुले आफ्नो लगानीलाई तत्काल दुई गुणा सम्म बृद्धि गराउन सक्नेछन् । यो योजना व्यक्तिगत ग्राहकहरुका लागि मात्र हुनेछ भने यसमा सहभागि हुन न्यूनतम ३०० इकाई अनिवार्य खरिद गर्नुपर्नेछ । यो योजना २०७८ साल असार २० गते देखि २०७८ साल असार २४ गते सम्म मात्र लागु हुनेछ ।

यस योजनाको नतिजा २०७८ साल श्रावण १५ गते गोलाप्रथाद्वारा Facebook Live मार्फत गरिनेछ र योग्य सहभागिहरुबाट २० जना विजेता घोषणा गरिनेछ र योजनाको नियम र सर्तहरु अनुसार पुरस्कार वितरण गरिनेछ ।