राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति साउनको पहिलो साता सार्वजनिक गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७८-०७९ को मौद्रिक नीति साउनको पहिलो साता सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीतिका लागी सुझा माग गरेको छ । विभिन्न संस्थाह?ले आफ्ना क्षेत्रका मुद्धाह?लाई मौद्रिक नीतिमा सम्बोधन गर्न भन्दै ज्ञापनपत्र बुझाउँदै आएका छन् ।
राष्ट्र बैंकले अब आउने मौद्रिक नीति साउनको पहिलो साता सार्वजनिक गर्ने गरि तयारी थालेको छ । सरकारले प्रत्येक बर्षको जेठ १५ गते नयाँ आर्थिक बर्षको बजेट सार्वजनिक गर्छ । सोही बजेटमा समावेश भएका वित्तीय क्षेत्रलाई मौद्रिक नीतिले कार्यान्वयन गर्न सहयोग पुग्ने गरि योजनाह? समावेश गर्छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिका लागी आवश्यक पर्ने रायसुझाव संकलन गरिरहेको साउन २ गते वा ३ गते मौद्रिक नीति सार्वजनिक गर्ने गरि तयारी थालेको हो ।












