आवद्ध भएपनि सामाजिक सुरक्षा कोषका ऐन, नियमावली तथा कार्यबिधी संसोधन नभए निरन्तरता दिन नसक्ने - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

आवद्ध भएपनि सामाजिक सुरक्षा कोषका ऐन, नियमावली तथा कार्यबिधी संसोधन नभए निरन्तरता दिन नसक्ने



हरि बहादुर खड्का

सामाजिक सुरक्षा कोषले उपचाररत सुर्या लाइफका कर्मचारी र सोल्टी होटलका कर्मचारीको मृत्यु हुदाँ समेत क्षतिपुर्ति दिएन

नेपाल सरकारले २०७५ मंसिर ११ गते औपचारिक, अनौपचारिक तथा निजी क्षेत्रमा कार्यरत सम्पूर्ण श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराई उनीहरुको आर्थिक र सामाजिक जोखिम न्यूनिकरण गर्ने उद्देश्य राखी श्रमिकहरुको लागि “नयाँ युगको शुरुवात” भन्दै योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याएको कुरा सर्वविदितै छ । यस योजनाको परिकल्पना अनुसार वर्तमान अवस्थामा सर्वप्रथम सामाजिक सुरक्षाको न्यूनतम सुविधाबाट बञ्चित लाखौं श्रमिक, कामदार÷कर्मचारीहरुलाई समेटिनु पर्छ भन्ने कुरामा कसैको विमती नहोला ।

विडम्बना विगत देखि नै राम्रो र आकर्षक सामाजिक सुरक्षा पाईरहेका हामीले सामाजिक सुरक्षामा आवद्ध भइ सक्दा समेत सामाजिक सुरक्षा कोषले ऐन संसोधन गरी हाम्रा सेवा सुविधा नघटने तर्फ ध्यान नदिइएकोले अव उपरान्त सो योगदानलाई निरन्तरता गर्न नसकिने अवस्था सामाजिक सुरक्षा कोषले सिर्जना गरिरहेको छ ।

अन्य संस्थाहरुलाई क्षतिपूर्ति दिन निर्देशन दिने तर स्वयम्ले सामाजिक सुरक्षा कोषमा आवद्ध भएका संस्थालाइ क्षतिपुर्ति नदिएकोले सामाजिक सुरक्षा कोषमा निरन्तरता गर्न नसकिने अवस्था सिर्जना भएको छ । सुर्य लाइफ इन्स्योरेसका कर्मचारी दुर्घटना भएर उपचार भइ रहेको तर क्षतिपुर्ति हाल सम्म नदिएको । सोल्टी होटल सामाजिक सुरक्षा कोषमा आवद्ध भएको तर त्याहाँका कर्मचारीको मृत्यु हुदाँ समेत क्षतिपुर्ति नदिएको जस्ता घटनाले सामाजिक सुरक्षा कोषप्रति थप अबिश्वासको बाताबरण पैदा भएको छ ।

कम्पनीमा भएका व्यवस्थाहरु र सामाजिक सुरक्षा कोषको ब्यवस्थाहरु:

(हरि बहादुर खड्का प्राइम लाइफ इन्स्योरेन्स कर्मचारी कर्मचारी संघका अध्यक्ष हुन् ।)


प्रतिक्रिया दिनुहोस्