गोल्छा समूहले शिक्षण अस्पताललाई सामसुङ्गको ३० वटा माइक्रोवेभ ओभन प्रदान गर्यो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

गोल्छा समूहले शिक्षण अस्पताललाई सामसुङ्गको ३० वटा माइक्रोवेभ ओभन प्रदान गर्यो



काठमाडौं । गोल्छा गु्रपले आइतबार टिचिंग अस्पतालमा कोभिडका स्वास्थ्यकर्मीहरुलाइ सामसुङ्गको ३० वटा माइक्रोवेभ ओभन सहयोग गरेको छ । गोल्छा गु्रपका निर्देशक शीमा गोल्छाले समारोहमा त्रिभुवन विश्वविद्यालयका डीन, इन्स्टिट्युट अफ मेडिसिन, प्रोफेसर डा. दिव्या सिंह साहलाई ओभन हस्तानतरण गर्नुभएको छ ।

SAMSUNG CSC

उक्त कार्यक्रम नेपाल स्वास्थ्यकर्मी संघ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्तपाल संगठनले आयोजना गरेको थियो ।

SAMSUNG CSC

कार्यक्रममा गोल्छा गु्रपका निर्देशक शीमा गोल्छाले भन्नुभयो , “हामी नेपाल स्वास्थ्यकर्मी संघ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्तपाललाई सहयोग गर्न पाउँदा निकै खुसी छौँ । हाम्रो यो सानो योगदानले कोभिड फ्रन्टलाइनका स्वास्थ्यकर्मीहरुलाई उनीहरुको खटिन पर्ने कठिन तथा व्यस्थ समयलाई राहतप्रदान गर्न मद्दत गर्नेछ भनेर हामीले महसुस गरेका छौँ । स्वार्थी र समर्पित स्वास्थ्यकर्मी प्रति कृतज्ञता व्यक्त गर्ने यो अवसर पाउँदा हामी कृतज्ञ छौँ । ”


प्रतिक्रिया दिनुहोस्