युरोकप र कोपा अमेरिका कपमा सट्टेबाजी गर्ने ८ जनालाई प्रहरीले पक्राउ गर्यो
कठमाडौं । नेपालमा सट्टेबाजी गरेको आरोपमा ८ जना पक्राउन परेका छन् । युरोकप र कोपा अमेरिका फुटबल खेलामा सट्टेबाजी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ८ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४ सुकेधाराका ५७ वर्षीय राजेन्द्र श्रेष्ठ प्रधान, काठमाडौं महानगरपालिका–१९ ढोकाटोलका ४७ वर्षी जीवन लामा, वीरगञ्ज महानगरपालिका–७ घर भई काठमाडौंको कुलेश्वर बस्ने ४६ वषीैय सुरज टिवडेवाल, भारत बिहारको रक्सौल घर भई काठमाडौंको कुलेश्वर बस्ने ४६ वर्षीय अशोककुमार गुप्ता, चितवनको खैरहनी नगरपालिका–५ टरौली घर भई काठमाडौंको धापासी बस्ने ४५ वर्षीय गोविन्दप्रसाद आचार्य, भारतको हरियाण घर भई काठमाडौंको इन्द्रचोक बस्ने ४९ वर्षीय राजेशकुमार अग्रवाल, भारत राजस्थान घर भई काठमाडौंको क्षेत्रपाटी बस्ने ३३ वर्षीय सुचित डालमिया अग्रवाल र विराटनगर महानरपालिका–७ घर भई काठमाडौंको मरुटोल बस्ने ४६ वर्षीय अमरनाथ गुप्तालाई पक्राउन गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिए ।
युरोप र दक्षिण अमेरिकामा जारी युरो कप र कोपा अमेरिका फुटबलमा अनलाइनमार्फत बाजी राख्न लगाएको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।युरोकप र कोपा अमेरिका कपमा सट्टेबाजी गर्ने ८ जनालाई प्रहरीले पक्राउ गर्यो













