अजोड इन्स्योरेन्स तेस्रो वार्षिक वार्षिकोत्सव सम्पन्न, दाबी भुक्तानी ५८.९७ करोड र बीमा शुल्क आर्जन १२०.८३ करोड रुपैयाँ - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

अजोड इन्स्योरेन्स तेस्रो वार्षिक वार्षिकोत्सव सम्पन्न, दाबी भुक्तानी ५८.९७ करोड र बीमा शुल्क आर्जन १२०.८३ करोड रुपैयाँ



काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको आफ्नो तेस्रो वार्षिक वार्षिकोत्सव आज सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले केन्द्रिय कार्यालयसहित सातै प्रदेशका प्रादेशिक कार्यालय तथा देशभकिा विभिन्न २२ वटा शाखा कार्यालय, १७ वटा उपशाखा कार्यालय गरि जम्मा ४७ वटा कार्यालयहरु, ३ वटा तेश्रो पक्ष बीमा काउण्टरहरु र ७ वटा बीमा काउण्टर मार्फत् बीमा सेवा प्रदान गर्दै आईरहेको छ । कम्पनीको सम्पूर्ण कार्यालय र बीमा काउण्टरहरुमा करिब २६७ जना कर्मचारी कार्यरत रहेका छन् ।

कम्पनीले प्रदान गर्ने बीमा सेवालाइ छिटो छरितो भरपर्दो र स्तरीय बनाउदै लैजानका लागि वेव बेस सिस्टम र कम्प्युटर बिलिङको व्यवस्था गरेको छ । भने ग्राहकहरुलाई दावी भुक्तानी प्रक्रियालाई छिटो छरितो बनाउने उदेश्यले फास्ट (Fast Track) दावी भुक्तानी नीति अवलम्वन गरि रु.२ (दुई) लाख सम्मको दावी तत्कालै भुक्तानी गर्ने व्यवस्था गरेको छ ।

कम्पनीले Integrated MIS System, Investment Software, Group SMS System, AJOD Chat board को शुरुवात गरि सकेको छ । त्यसैगरी Digital Payment Gateway का लागि कम्पनीले IME Pay, Prabhu Pay, NICASIA Phone Pay, Cell Pay, Khalti, e-Sewa , Pay well, Connect IPS आदि सेवाहरु समेतको शुरुवात गरिसकेको छ ।

चालु आर्थिक बर्षको असार २१ गतेसम्म कम्पनीको चुक्ता पूँजी १ अर्व रुपैयाँ र लगानी रु.१४७.३१ करोड र कुल दाबी भुक्तानी रु.५८.९७ करोड ( कोरोना बीमा दाबी भुक्तानी रु.१२.९७ करोड र अन्य बीमा दाबी भुक्तानी रु.४६ करोड ) रहेको छ ।

कम्पनीले प्रविधिमा आधारित बीमा सेवा प्रदान गर्ने लक्ष्य अनुरुप आगामी दिनमा Digital Insurance Policy जारी गर्ने प्रकृयामा रहेको छ । साथै आगामी दिनमा कम्पनीले बीमा सेवाको पहुँच बढाउनको लागि देशका सुगम देखी दुर्गम क्षेत्रमा समेत आफनो बीमा सेवा बिस्तार गर्दै लैजाने लक्ष्य लिएको छ । त्यसैगरी ग्राहकहरुको आवश्यक्ताका आधारमा केही नयाँ बीमालेखहरु पनि प्रचलनमा ल्याउने तयारी गरेको छ ।

कोरना भाइरस ( कोभिड–१९) दोस्रो लहरको माहामारीको विषम परिस्थितिका वावजुत हाल सम्म १ लाख २० हजार ७०६ बीमालेख जारी गरी रु. १२०.८३ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको कुरा हामी सहर्ष जानकारी गराउदछै । यसै सन्दर्भमा कम्पनीले आफ्नो तेस्रो वार्षिकोत्सव भब्यरुपमा मनाउन कोरना भाइरस ( कोभिड–१९) कारण सम्भव रहेन तथापि प्रधान कार्यालय सि.टि.सि. मल सुन्धारामा रक्तदान कार्यक्रम गरि वार्षिकोत्सव मनाएको छ । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायत कम्पनीको कर्मचारी र आगन्तुक समेत गरी ३५ जनाले रक्तदान गर्नु भएको छ ।


प्रतिक्रिया दिनुहोस्