एनवाइइएफद्वारा नेपालमै पहिलोपल्ट राष्ट्रिय स्तरको नेपाल र भुटानबीच संयुक्त उद्यमशीलता विश्व कप फाइनल आयोजना - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

एनवाइइएफद्वारा नेपालमै पहिलोपल्ट राष्ट्रिय स्तरको नेपाल र भुटानबीच संयुक्त उद्यमशीलता विश्व कप फाइनल आयोजना



काठमाडौं । उद्यमशीलता विश्वकप असार २५ गते भर्चुयल माध्यमबाट नेपालमा पहिलोपल्ट आयोजना गरिएको छ । उक्त कार्यव्रmममा उत्कष्ट चौध जना अन्तिम चरणका प्रतियोगीहरुले आफ्ना आइडियाहरु छनौट समितिमा राखेका थिए । जसमध्येबाट उत्कृष्ट नौ जना विशेष स्टार्टअप फाइनलका लागि छानिए । ती हुन् अफरमाण्डू, प्याड टु गो, निर्माण, लिफ प्लस प्रा. ली, प्लाज्माड लि. इन्टरप्राइज, जीवी हेल्थ प्रा. लि., चेली नेपाल, वर्कहब र द ग्रीन रोड । उत्कृष्ट ती सबै नौ फाइनल प्रतियोगीहरुले छनौट समितिबाट अन्तिम चरण पूरा गरेका थिए जसमा बिजेता, फष्ट रनरअप र सेकेन्ड रनरअपको घोषणा गरिएको थियो ।

छनौट समितिमा सात जना विज्ञहरु

  • रुपेश कृष्ण श्रेष्ठ–सहायक प्राध्यापक काठमाडौं स्कूल अफ म्यानेजमेन्ट तथा को–फाउण्डर आइडिया स्टुडियो नेपाल
  • जुना माथेमा– को–फाउण्डर तथा प्रबन्ध निर्देशक बिल्टज्मिडिया प्रा. लि.
  • उदीप श्रेष्ठ– कार्यकारी निर्देशक, पञ्चकन्या ग्रुप
  • किरण तिमलसिना– सिटीओ तथा को–फाउण्डर अर्बान गर्ल तथा यूजी केक्स
  • निकोलश पाण्डे– कार्यकारी निर्देशक, कालिका कन्स्ट्रक्सन
  • सैलेजा श्रेष्ठ– निर्देशक तथा मानव शंसाधन मेनेजर नव नेपाल प्लाष्टिक प्रा. लि. र सिर्जना प्लाष्टिक उद्योग
  • प्रविना घिमिरे– कार्यकारी निर्देशक, मेटल काष्ट प्रा. लि.

नेपाल–भुटान संयुक्त इडब्लूसी २०२१ को उत्कृट ९ जना मध्ये भुटानको कम्पनी “द ग्रीन रोड” बिजयी हुन सफ्mल भएको हो । “द ग्रीन रोड” बाट फाउण्डर तथा प्रबन्ध निर्देशक रिकेश गुरुङ हुनुहुन्थ्यो । उक्त कम्पनी भुटानको पहिलो रिसाइक्लिङ कम्पनी हो र जसले खेर गएको प्लाष्टिकबाट सन् २०१४ को अक्टोबरदेखि सडक कालोपत्रे गर्ने काम गरिआएको छ । त्यस्ता सडकमा गरिएको कालोपत्रे टिकाउ तथा वातावरण मैत्री रहेका छन् । अहिलेसम्म सो प्रविधिबाट १०० किलोमिटर सडक कालोपत्रे भएको छ र ५४० टन खेर गएका प्लाष्टिकको प्रयोग गरिएको छ ।

त्यसैगरी फष्ट रनर–अपमा “जीवी हेल्थ” रहन सफ्mल भयो । जसका फाउण्डर तथा सिइओ आभुषण ज्योती कंसाकार हुनुहुन्छ । जीवी हेल्थले स्वास्थ्य सम्बन्धी प्रविधिको विकास गरी स्वास्थ्य सेवामा सुधारत्मक कार्य गरिआएको छ । त्यस्तै सेकेण्ड–रनरअप मा “लिफ प्लस” नामक कम्पनी रहन सफ्mल भयो । “लिफ प्लस” बाट कोवित सिंह बानिया हुनुहुन्थ्यो । सो कम्पनीले वातावरण तथा समाजमा उल्लेखनीय कार्य गर्दै महिला र विपन्न किसानहरुको उत्पादकत्व वृद्धि तथा प्रबद्र्धनमा संलग्न छ ।

यस प्रतियोगिताको विजेताले विश्व प्रतियोगिताकमा भाग लिन पाउनुको साथै यु.एस.डलर १० लाख नगद पाउनेछन । साथै थप लगानीका अवसरहरुको लागि यु.एस.डी.७ लाख ५० हजार पनि सहयोग प्राप्तहुनेछ । इ.डब्लु.सि. का माद्यम बाट अन्तर्राष्ट्रियस्तरमा लगानी गर्ने र जीवन परिवर्तन गर्न सक्ने पुरस्कार प्राप्त हुनेछ । यसले उद्यमीहरुको विभिन्न चरणहरुको मुल्याङकन गर्दछ जसमा आईडिया स्टेज, अर्ली स्टेज, ग्रोथ स्टेज पश्चात पनि उनीहरुलाई विभिन्न स्रोत र साधन उपलब्ध गराएर अघि बढ्नका लागि सहयोग गर्दछ ।

नोभेम्बर २०२१ मा १०० वटा राष्ट्रिय विजेता स्टार्टअपलाई साउदी अरबको रियाद शहरमा इ.डब्लु.सि.मा भाग लिनका लागि स्टार्टअप बुट क्याम्पमा पठाइनेछ त्यसैका आधारमा फाइनल प्रतियोगिता मार्फत इ.डब्लु.सि.को अन्तर्राष्ट्रिय विजेताको घोषणा गरिने छ ।


प्रतिक्रिया दिनुहोस्