उद्योग व्यवसाय सञ्चालनका लागि सहज वातावरण बनाउन निजी क्षेत्रको आग्रह
काठमाडौं । कोरोना महामारीका कारण सम्पूर्ण उद्योग व्यवसायले ठूलो नोक्सानी व्यहोर्नुपरेको भन्दै उद्योग र रोजगारी दुवैको बचाउ गर्नु तत्कालको पहिलो आवश्यकता भएको निजी क्षेत्रका तीन सङ्गठनले बताएका छन ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कर्मस तथा नेपाल उद्योग परिसङ्घले संयुक्त रुपमा एक विज्ञप्ति निकालेरकोरोना महामारीका कारण संकटग्रस्त र थलिएका उद्योग व्यवसायको पुनरूत्थान र पूर्ववत अवस्थामा फर्काउन सम्पूर्ण श्रमिकले समझदारीका साथ थप प्रयास गर्नुको विकल्प नभएको उल्लेख गरेका छन ।
औद्योगिक शान्ति कायम गरी विद्यमान कठिन परिस्थितिबाट चाडो बाहिर निस्कन तथा निर्वाधरूपमा उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइ राख्ने काममा सहयोग पु¥याउन सम्पूर्ण श्रमिकहरुलाई आग्रह गरेका छन् ।त्यसैगरी सरकारले चिया बगान बाहेकका प्रतिष्ठानमा काम गर्ने श्रमिकका लागि हाल कायम रहेको न्यूनतम पारिश्रमिक रू १३ हजार ४५० मा पुनरवलोकन गरी आगामी साउन १ देखि लागू हुने गरी न्यूनतम तलब रू नौ हजार ३८५ र महङ्गी भत्ता रू पाँच हजार ६१५ समेत गरी रू १५ हजार न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ । सरकारले हाल निर्धारण गरेको न्यूनतम पारिश्रमिक, पारिश्रमिक वृद्धि नभई न्यूनतम पारिश्रमिकको दरको वृद्धि मात्र भएको उनीहरुको भनाइ छ । न्यूनतम पारिश्रमिकमा भएको वृद्धि सबै तहका श्रमिक कामदारको हुन नसकेको नीजी क्षेत्रले जनाएको छ ।













