मौद्रीक नीति अटोमोवाइल व्यवसाय मैत्री आउने आशा
काठमाडौं । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ५ सदसिय नाडा प्रतिनिधि मण्डलले आज आषाढ ३१ गते नव नियुक्त अर्थमन्त्री जनार्दन शर्मालाई शुभकामना दिदै अटोमोवाइल व्यवसायका सम सामयिक विषयहरुमा छलफल गरेकोे नाडाले जनाएको छ ।
उक्त भेटघाटमा नाडाका अध्यक्ष दुलालले नाडाले फेयर ट्रेडमा विश्वास गर्दे आएको भन्नु हुदै सवारी साधनहरुको आयातको सन्दर्भमा देखिएका विभिन्न समस्याहरु बारे आफनो धारणा राख्नु भयो । सो छलपलमा अध्यक्ष दुलालले अटोमोवाइल क्षेत्रमा कार्यरत कर्मचारी तथा मजदुरहरुका लागि छिटो कोभिड विरुद्धको खोपको व्यवस्था गरि दिन आग्रह गर्नुभयो । नेपालमा लोकलमा उत्पादित अटोमोवाइल स्पेयर पार्टस तथा लुव्रिकेण्टसहरु बढी आयात भइरहेको सन्दर्भमा उच्च गुणस्तरका स्पेयर पार्टस तथा लुव्रिकेण्टसहरु आयात गर्न सकिने व्यवस्थाका लागि आग्रह गर्नु भयो । त्यसैगरी सो छलफलमा अध्यक्ष दुलालले आउदो २०७८÷७९ को मौद्रीक नीति अटोमोवाइल व्यवसायी मैत्री आउने आशा व्यक्त गर्नु भयो ।
त्यसैगरी उपाध्यक्ष करण चौधरीले बढदो क्रममा रहेको सवारी साधनहरुको आयात नेपाल राष्ट्र बैङ्कले सवारी साधनहरुको विक्रिमा लगाएको ५० प्रतिशतको क्यापको कारण आर्थिक बर्ष २०७३÷७४ देखि नै सवारी साधनहरुको आयात क्रमशः घटन थालेको जानकारी दिनु भयो । त्यसैगरी नेपालको सार्वजनिक यातायात राम्रोसंग चल्न नसकेको सडकको अवस्था पनि राम्रो नरहेको कुरा राख्नु भयो । सो भेटघाट तथा छलफलमा महासचिव सुनिल रिजालले आयात गरिने विल कम्प्युटराइज्ड गरिएको खण्डमा अनधिकृत आयातलाई रोक्न सहज हुने बताउनु भयो ।
उक्त छलफलमा माननीय अर्थ मन्त्री जनार्दन शर्माले सरकारले सवै नेपाली जनतालाई नै सर्वशुलभ रुपमा खोप उपलब्ध गराउने जानकारी दिनु हुदै नेपाल मै अटोमोवाइल उद्योग स्थापना गर्न नाडालाई आग्रह समेत गर्दे त्यसलाई अघि बढाउन सरकारबाट आवश्यक सहयोग प्राप्त हुने आश्वासन समेत दिनु भयो । त्यसै क्रममा उहाले नेपालको अटोमोवाइल क्षेत्रमा के कस्ता समस्याहरु छन् ती सवै एकैसाथ उल्लेख गरेर पठाउन समेत नाडाका पदाधिकारीहरुलाई आग्रह गर्नु भयो । सो छलफलमा नाडाका सचिव अनुप बराल तथा एशोसिएशन सचिव सुरेन्द्र प््रधान समेतकोसमेतको उपस्थिति रहेको थियो ।













