पुनर्बीमा कम्पनीको नाफा १ अर्ब रुपैयाँ, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ९२ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा ९१ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा तुलनामा गत आर्थिक बर्षको यस अवधिमा १.०५ प्रतिशत अर्थात ९६ लाख ४० हजार रुपैयाँ बढी नाफा आर्जन गरेको हो ।
यस अवधिमा कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ, जगेडा कोषमा ३ अर्ब ३६ करोड ९८ लाख रुपैयाँ र बीमा कोषमा २ अर्ब ३ करोड ५३ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १२ रुपैयाँ ३४ पैसा, प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ५ पैसा र मूल्य आम्दानी अनुपात ६८.७० गुणा छ ।
त्यस्तै, कम्पनीले निर्जीवन बीमा व्यवसाय ८२ करोड ४७ लाख र जीवन बीमा व्यवसाय १० करोड १० लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको यस अवधिमा ५ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ९४ करोड ७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । त्यस्तै, निर्जीवन बीमातर्फ १ अर्ब ७० करोड ९० लाख रुपैयाँ र जीवन बीमातर्फ २८ करोड ५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।
कम्पनीले निर्जीवन व्यवसायबाट ५ अर्ब २२ करोड ६१ लाख रुपैयाँ आर्जन गरेको छ । त्यस्तै, पुनर्बीमा कमिशन बापत १ करोड ८७ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ३१ करोड ६ लाख रुपैयाँ कमाएको हो । कम्पनीले यस अवधिमा निर्जीवन बीमातर्फ २ अर्ब १७ करोड ६ लाख रुपैयाँ र जीवन बीमातर्फ १७ करोड ३५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।













