जनरल इन्स्योरेन्समा सकिएन लफडा, बोर्डलाई सही सूचना नदिएको भन्दै फाइनान्स हेड बराइली र साउद निलम्बन
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीमा जारी विवाद सकिएको छैन । लकागी कमिटिले गलत सूचना दिएको भन्दै संचालक समितिले कम्पनीको फाइनान्स हेड निल बहादुर बराइली र लगानी कमिटिका सदस्य रंग साउदलाई निलम्बन गरेको छ ।

हिजो बसेको संचालक समितिको बैंठकले संचालक दिपेन्द्र अग्रवालले राजिनामा दिएर उनकाेे ठाउँमा श्रीमती मिता मुरारका अग्रवाल संचालक समितिका चयन गरिएकाे छ । नयाँ संचालक निर्वाचित भएकै दिन आफुलाई लगानी पाेर्टफाेलियाेकाे गलत सूचना दिएकाे भन्दै बराईली र रंग साउदलाई निलम्अबन गिरएकाे हाे । आफुलाई कम्पनीकाे गलत सूचना दिएर फ्टेरोमा पारेको भन्दै अग्रवालले लगानी कमिटिका प्रमुख समेत रहेका बराइलीप्रति प्रतिसोध राख्दै आएका थिए ।
बराइलीमाथी संचालक समितिले निलम्बन गरेको एक संचालकले बताएका छन ।













