सबैको लघुवित्तको नाफा २३२ प्रतिशतले उछाल, सञ्चालन मुनाफा १७६.६२ प्रतिशत बढेर छलाङ मार्यो
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा ११ करोड ४३ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ३ करोड ४४ लाख ४६ हजार रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षको सोही अवधिमा २३१.८७ प्रतिशत बढी नाफा आर्जन गरेको हो ।
गत असार मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ४८.९८ प्रतिशत बढेर २३ करोड ७६ लाख ५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा १५ करोड ९४ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यस अवधिमा लघुवित्तको सञ्चालन मुनाफा १७६.६२ प्रतिशत बढेर १५ करोड १३ लाख ३६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा ५ करोड ४७ लाख ८ हजार रुपैयाँ सञ्चालन मुनाफा रहेको थियो ।
यस अवधिमा लघुवित्तको चुक्ता पूँजी १०.५० प्रतिशतले बढेर २० करोड ६० लाख २७ हजार रुपैयाँ, जगेडा कोष १९५.९६ प्रतिशतले बढेर १२ करोड ८० लाख ४ हजार रुपैयाँ, निक्षेप संकलन ४९.६६ प्रतिशत बढेर ९० करोड २८ लाख ७२ हजार रुपैया पुगेको छ । यता लघुवित्तको सापटी ६४.८५ प्रतिशत बढेर २ अर्ब ४० करोड ७५ लाख ९९ हजार रुपैयाँ र कर्जा ७४.१८ प्रतिशत बढेर ३ अर्ब ४३ करोड ७४ लाख ८७ हजार रुपैयाँ रहेको छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ १ पैसा बढेर ५५ रुपैयाँ ४९ पैसा पुगेको छ । मूल्य आम्दानी अनुपात ३२.७१ गुणा र नेटवर्थ १६२ रुपैयाँ १३ पैसा रहेको छ । लघुवित्तको निष्क्रिय कर्जा १.६१ प्रतिशतबाट बढेर २.२५ प्रतिशत पुगेको छ ।













