२६ श्रावण २०८३, मंगलबार

मिर्मिरे लघुवित्त सबै सूचकमा चम्कियो, नाफा ४८१.९० प्रतिशत र सञ्चालन नाफा ४९०.१६ प्रतिशतले उछाल आयो



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा २० करोड १ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा लघुवित्तको खुद नाफा ३ करोड ४३ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको थियो । अघिल्लो आवको तुलनमा गत आवमा लघुवित्तको खुद नाफा ४८१.९० प्रतिशत बढी आर्जन गरेको हो ।

त्यस्तै, गत आवको यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १२९.२० प्रतिशतले बढेर ४४ करोड ३२ लाख १८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा १९ करोड ३३ लाख ७८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

त्यस्तै, लघुवित्तको अन्य सञ्चालन आम्दानी १९९.७५ प्रतिशतले बढेर १६ करोड ४८ लाख ९० हजार रुपैयाँ र सञ्चालन मुनाफा ४९०.१६ प्रतिशत बढेर ३१ करोड ७६ लाख ७१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवमा अन्य सञ्चालन आम्दानी ५ करोड ५० लाख ९ हजार रुपैयाँ र सञ्चालन मुनाफा ५ करोड ३८ लाख २८ हजार रुपैयाँ आर्जन गरेको थियो ।

गत आवको असारमसान्तसम्म लघुवित्तको चुक्ता पूँजी १०८.५१ प्रतिशत, जगेडा कोष ३३४.१४ प्रतिशत, सापटी १९२.७७ प्रतिशत, निक्षेप ९०.४३ प्रतिशत र कर्जा १५९.६९ प्रतिशत बढेर क्रमशः ४३ करोड ५० लाख ७१ हजार रुपैयाँ, ३४ करोड ५३ लाख ३९ हजार रुपैयाँ, ४ अर्ब ५९ करोड ३१ लख ३३ हजार रुपैयाँ, १ अर्ब ८८ करोड ३५ लाख २० हजार रुपैयाँ, ६ अर्ब ७७ करोड १९ लाख २६ हजार रुपैयाँ आर्जन गरेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी २९ रुपैयाँ ५२ पैसा बढेर ४६ रुपैयाँ पुगेको छ । यस अवधिमा लघुवित्तको प्रतिशेयर नेटवर्थ १७९.३८ रुपैयाँ रहेको छ । निष्क्रिय कर्जा २.९४ प्रतिशतबाट घटेर १.९९ प्रतिशतमा झरेको छ ।