१३ श्रावण २०८३, बुधबार

प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर लिलाम बिक्री खुला, यसरि दिनुहोस आवेदन ?



काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर लिलामीमा शेयर विक्री गर्न लागेको छ । कम्पनिले आज विहिबारबाट ५ लाख ४२ हजार ९ सय ६५ कित्ता संस्थापक शेयर लिलामिमा विक्री गर्न लागेको हो ।

इच्छुक आवेदकले शेयर खरिदको लागि प्रति कित्ता न्यूनतम मूल्य ५०० रुपैयाँ तोकेर बोलपत्र पेश गर्नु पर्नेछ । उक्त शेयरमा विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी तथा संस्थाले साउन २२ गतेसम्म बोलपत्र पेश गर्न सक्ने छन आवेदकले न्युनतम ५०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि बोलपत्र पेश गर्न सक्ने कम्पनिले जानकारी दिएको छ ।

इन्स्योरेन्सको शेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।