मिर्मिरे लघुवित्तले दियो कर्मचारीहरुलाई व्यवसाय विकास तालिम
काठमाडौं । मिर्मिरे लघुवित्तले कर्मचारीलाई व्यवसाय विस्तार तालीम दिएको छ । कम्पनिले यस आर्थिक वर्षको शुरुवातबाट डेढ सयको हाराहारीमा शाखा प्रमुखहरुलाई व्यवसाय प्रवद्र्धन तथा शाखा व्यवस्थापनको तालिम सम्पन्न गरेको छ ।
यस आर्थिक वर्षको लक्ष्य अनुसारको उपलब्धी हासिल गर्नको लागि संस्थाले आर्थिक वर्षको शुरुको दिन बाट अधिराज्यका विभिन्न स्थानमा शाखा प्रमुखहरुलाई भेला पारी व्यवसाय बृद्धि, गुणस्तरीय लगानी, मैत्रीपुर्ण सेवा प्रवाह, जोखिम व्यवस्थापन, तनाव व्यवस्थापन लगायतका विषयहरुमा तालिम दिएको हो । श्रावण १ गते महोत्तरीको बर्दिवासबाट शुरु भएको तालिम कार्यक्रम क्रमशः डडेलधुराको अमरगढी, कैलालीको बौनिया र झापाको बिर्तामोडमा कार्यक्रम गर्दै हिजो बाट चितवनको भरपुरमा तालिम प्रदान गरेको हो ।
शाखा प्रमुुखहरुलाई आन्तरिक रुपमा कार्यकारी प्रमुखहरु, विभागिय प्रमुखहरु तथा क्षेत्रीय प्रमुखहरुहरुले प्रशिक्षित तथा सहजिकरण गरेका थिए ।
शाखा प्रमुख तथा अनुगमन प्रमुखहरु पश्चात फिल्ड तहका कर्मचारीहरु एवं सदस्य लक्षित विभिन्न कार्यक्रमहरु वर्ष भरि नै संचालन गरिने र सदस्य सेवालाई प्रधानता राखेर कार्यक्रमहरु गरिने संस्थाका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले बताउनुभयो ।















