मेरो देश, मेरै उत्पादनको दोश्रो चरणको अभियान प्रारम्भ - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

मेरो देश, मेरै उत्पादनको दोश्रो चरणको अभियान प्रारम्भ



काठमाडौं । स्वदेशी वस्तुहरुको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर वनाउदै सम्मुनत राष्ट्र निर्माणमा सहयोग पुर्याउने लक्ष्य लिई उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले प्रारम्भ गरेको मेरो देश, मेरै उत्पादनको अभियानलाई जनस्तरसम्म पुर्याउन दुवै संस्थाले तयार पारेको निमोनिक लोगो फ्रेम र प्रतिवद्धता पत्र प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामवहादुर मगर, सामाजिक विकास मन्त्री उषाकला राई र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कला घलेलाई हस्तान्तरण गरी दोश्रो चरणको जागरण अभियानको आरम्भ गरेको छ ।

सो अवसरमा मेरो पहिलो रोजाई स्वदेशी उत्पादन हो, म मेरो दैनिक आवश्यकता स्वदेशी उत्पादनबाटै पुरा गर्दछु, म आफना छिमेकी, साथी–भाई, ईष्ट–मित्र सबैलाई स्वदेशी उत्पादन प्रयोग गर्न प्रेरित गर्दछु, उच्च स्वाभिमान र गौरवका साथ म मेरो स्वदेशी उत्पादनको प्रवद्र्धनमा सधै लागिपर्नेछु भन्ने चार वुदे प्रतिवद्धता उल्लेख नेपाली कागजमा तयार गरिएको पेपर स्टेण्ड दुवै संस्थाका तर्फबाट प्रदान गरिएको छ ।

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई निमोनिक लोगो फ्रेम र चार वुदे प्रतिवद्धता उल्लेख नेपाली कागजमा तयार गरिएको पेपर स्टेण्ड प्रदान गर्दै उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले स्वदेशी उत्पादनको प्रवद्र्धन गरी राष्ट्रिय आर्थिक एवं औद्योगिक विकासमा टेवा पुर्याउने लक्ष्यका साथ उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले राष्ट्रव्यापी रुपमा मिति २०७७ चैत्र १३ गते तत्कालिन प्रधानमन्त्री के.पि.शर्मा ओलीबाट ‘मेरो देश, मेरै उत्पादन’ प्रारम्भ गरिएको अभियानलाई जनस्तरसम्म पुर्याउन दोश्रो चरणमा प्रारम्भ गरिएको वताए । उनले दैनिक जीवनमा प्रयोग हुने वस्तुमा स्वदेशी उत्पादनलाई नै प्रयोगमा ल्याउन अनुरोध गर्दै यस अभियानलाई सार्थक वनाउदै आत्मनिर्भर अर्थतन्त्र निर्माण र वढ्दो व्यापार घाटालाई न्यूनिकरण गर्न सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले स्वदेशी उद्योगहरुको संरक्ष्ँण एवं प्रवद्र्धनका लागि सरकारले सार्वजनिक खरिद ऐनमा समेत स्वदेशी वस्तु खरिदलाई प्राथमिकता दिई सोही अनुरुपको व्यवस्था गर्न आग्रह गरे । उनले व्यापार घाटालाई न्यूनिकरण गरी सन्तुलनमा ल्याउनका साथै सम्मुनत राष्ट्र निर्माणमा सहयोग पुर्याउने उद्देश्यले प्रारम्भ गरिएको यस अभियानलाई प्रदेश सरकारले आफनै अभियानको रुपमा लिनु पर्ने धारणा राखे ।

दुवै संस्थाको तर्फबाट संयूक्त रुपमा प्रदान गरिएको निमोनिक लोगो र चार वुदे प्रतिवद्धता उल्लेख नेपाली कागजमा तयार गरिएको पेपर स्टेण्ड लिदै प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले संगठन र संघले शुरु गरेको यस अभियानले राष्ट्रिय आर्थिक र औद्योगिक विकासको प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै यस अभियानको कार्यान्वयमा साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

त्यसैगरी प्रदेश नं १ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामवहादुर मगरले कृषिको सवलिकरणका साथै कृषि र उद्योग क्षेत्रको सन्तुलित विकासले समृद्ध राष्ट्र निर्माणमा सहयोग पुर्याउने भएकाले यस अभियानलाई अत्यन्त सकारात्मक रुपमा लिएको वताउनु भयो । प्रदेश नं. १ को सामाजिक विकास मन्त्री उषाकला राईले स्वदेशी उद्योगहरुको प्रोत्साहनका एवं स्वदेशी वस्तुको प्रयोगमा यस अभियानले सकारात्मक भूमिका निर्वाह गर्ने विचार व्यक्त गर्नु भयो । सो अवसरमा भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कला घलेको पनि उपस्थिती रहेको थियो ।

निमोनिक लोगो र चार वुदे प्रतिवद्धता उल्लेख नेपाली कागजमा तयार गरिएको पेपर स्टेण्ड प्रदेश नं. १ का प्रमुख सचिव सुमनराज अर्याल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव निरु दाहाल पाण्डे, सामाजिक विकास मन्त्रालयका सचिव कमल प्रसाद भट्टराईलाई पनि हस्तान्तरण गरिएको थियो । सो अवसरमा मोरंग व्यापार संघका निवर्तमान अध्यक्ष पवन शारडा, वरिष्ठ उपाध्यक्ष नविन रिजाल उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठी, संघका उपाध्यक्ष अनुपम राठी, संगठनका कोषाध्यक्ष विपिन कावराको समेत सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्