२६ श्रावण २०८३, मंगलबार

आरएमडिसी लघुवित्तको ब्याज र नाफा घट्यो, जगेडा रकम १४.९६ प्रतिशत र सापटी ३२.५९ प्रतिशतले बढायो



काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १८.६८ प्रतिशतले घटेर २३ करोड २५ लाख ६८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा २८ करोड ६० लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, गत आवको असार मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी १२.२४ प्रतिशत घटेर ४० करोड ३९ लाख ३० हजार रुपैयाँ मात्रै आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा खुद ब्याज आम्दानी ४६ करोड २ लाख ७४ हजार रुपैयाँ आर्जन गरेको थियो ।

यस खवधिमा लघुवित्तको सञ्चालन मुनाफा २९.३९ प्रतिशत घटेर ३१ करोड ९२ लाख ४२ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा सञ्चालन मुनाफा ४५ करोड २१ लख ५ हजार रुपैयाँ रहेको थियो ।

गत आवको असारमसान्तसम्म लघुवित्तको चुक्ता पूँजी यथावत रहेर १ अर्ब ३ करोड ४२ लाख २१ हजार रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा १४.९६ प्रतिशत बढेर १ अर्ब ७४ करोड ८१ लख ३० हजार रुपैयाँ, सापटी ३२.५९ प्रतिशत बढेर ९ अर्ब ३७ करोड १७ हजार रुपैयाँ र कर्जा लगानी ४६.४४ प्रतिशत बढेर ११ अर्ब ८१ करोड ५३ लाख २७ हजार रुपैयाँ रहेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी ५ रुपैयाँ १७ पैसा घटेर २२ रुपैयाँ ४९ पैसा छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ६१.०६ गुणा छ भने प्रतिशेयर नेटवर्थ २६९ रुपैयाँ ३ पैसा रहेको छ ।