स्वरोजगारले सबै सूचकमा मार्यो छलाङ, नाफा १६९.६४ प्रतिशत बढ्दा, सञ्चालन मुनाफा ६०५.०६ प्रतिशतले उछाल
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १६९.६४ प्रतिशतले बढेर १५ करोड ४३ लाख २१ ह्जार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा खुद नाफा ५ करोड ७२ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको थियो ।
त्यस्तै, गत असारमसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ३३.९३ प्रतिशत मात्र बढेर ३४ करोड २ लाख २२ हजार रुपैयाँ रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा खुद ब्याज आम्दानी २५ करोड ४० लाख ३१ हजार रुपैयाँ आर्जन गरेको थियो ।
समिक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ६०५.०६ प्रतिशत बढेर १३ करोड ८० लाख १६ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा १ करोड ९५ लाख ७५ हजार रुपैयाँ सञ्चालन मुनाफा रहेको थियो । तर यस अवधिमा लघुवित्तको प्रोभिजनिङ्ग २८.८८ प्रतिशत घटेर ९ करोड ६९ लाख ६ हजार रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ६.२९ प्रतिशत बढेर ४१ करोड १२ लाख ७९ हजार रुपैयाँ, जगेडा कोष ८८.७९ प्रतिशत बढेर २० करोड ७३ लाख ५३ हजार रुपैयाँ, सापटी ६८.७० प्रतिशत बढेर २ अर्ब ३७ करोड ४२ लाख ८० हजार रुपेयाँ, निक्षेप संकलन ४८.०७ प्रतिशत बढेर २ अर्ब ५७ करोड ४६ लाख ७९ हजार रुपैयाँ र कर्जा ७५.४९ प्रतिशत बढेर ५ अर्ब ५६ करोड ७४ लाख ४५ हजार रुपैयाँ रहेको छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ७३ पैसा बढेर ३७ रुपैयाँ ५२ पैसा पुगेको छ । मूल्य आम्दानी अनुपात ३८.९८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ४२ पैसा रहेको छ ।












