साधना लघुवित्त सबै सूचकमा चम्कियो, जगेडा कोषमा ब्यापक छलाङ मार्यो, नाफा १९६.३५ प्रतिशत बढ्यो
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १९६.३५ प्रतिशत बढेर ११ करोड ७० लाख ९५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको खुद नाफा ३ करोड ९५ लाख १३ हजार रुपैयाँ आर्जन गरेको थियो ।
गत असार मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ७२.९१ प्रतिशत बढेर २४ करोड २६ लाख ६८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १४ करोड ३ लाख ४७ हजार रुपैयाँ आर्जन गरेको थियो ।
समिक्षा अवधिमा सञ्चालन मुनाफा ३३९.३६ प्रतिशतले बढेर १५ करोड २० लाख ७१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ३ करोड ४६ लाख १२ हजार रुपैयाँ आर्जन गरेको थियो ।
गत असार मसान्तसम्म लघुवित्तको चुक्ता पूँजी यथावत रहेर २५ करोड ६९ लाख ८० हजार रुपैयाँ रहेको छ । जगेडा कोष करिब ५९४.३७ प्रतिशत बढेर १३ करोड ४३ लाख ६८ हजार रुपैयाँ जम्मा भएको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तको जगेडा कोषमा १ करोड ९३ लाख ५१ हजार रुपैयाँ रहेको थियो ।
लघुवित्तको सापटी १२४.५४ प्रतिशतले बढेर २ अर्ब ७५ करोड ७० लाख ७४ हजार रुपैयाँ, निक्षेप संकलन ८३.४२ प्रतिशत ८३ करोड ५२ लाख २३ हजार रुपैयाँ र कर्जा ९१.११ प्रतिशत बढेर ३ अर्ब ४६ करोड ४९ लाख ८ हजार रुपैयाँ रहेको छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी ३० रुपैयाँ १९ पैसा बढेर ४५ रुपैयाँ ५७ पैसा पुगेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ३६.९१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ २८ पैसा रहेको छ ।












