२६ श्रावण २०८३, मंगलबार

सिभिल लघुवित्तको सूचकमा सुधार, नाफा ४७४.५६ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी कति ?



काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ४७४.५६ प्रतिशत बढेर ६ करोड ५४ लाख ७१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तको खुद नाफा १ करोड १३ लाख ९५ हजार रुपैयाँ आर्जन गरेको थियो ।

गत आवको असार मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ८०.५९ प्रतिशत बढेर १७ करोड ४० लाख ७४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ९ करोड ६३ लाख ९१ हजार रुपैयाँ आर्जन गरेको थियो ।

समिक्षा अवधिमा सञ्चालन मुनाफा ४५८.०८ प्रतिशत बढेर ९ करोड ४६ लाख ५६ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा १ करोड ६९ लाख ६१ हजार रुपैयाँ रहेको थियो । लघुवित्तको निष्क्रिय कर्जा २.५६ प्रतिशतबाट घटेर १.७५ प्रतिशतमा सीमित भएको छ ।

ग्त आवको असार मसान्तसम्म लघुवित्तको चुक्ता पूँजी ३० प्रतिशत बढेर २४ करोड २१ लख २१ हजार रुपैयाँ, जगेडा कोष ४५८.६५ प्रतिशत बढेर १३ करोड ३६ लाख ५६ हजार रुपैयाँ, सापटी ९५.६६ प्रतिशत बढेर १ अर्ब ६३ करोड १ लाख ३३ हजार रुपैयाँ, निक्षेप ५४.२३ प्रतिशत बढेर ६२ करोड ५ लाख ५३ हजार रुपैयाँ र कर्जा ९३.५८ प्रतिशत बढेर २ अर्ब ४५ करोड ३९ लाख ६९ हजार रुपैयाँ रहेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी २० रुपैयाँ ९२ पैसा बढेर २७ रुपैयाँ ४ पैसा पुगेको छ । मूल्य आम्दानी अनुपात ६२.८६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ८५ पैसा रहेको छ ।