नयाँ सारथी लघुवित्तको नाफामा ब्यापक सुधार, नफामा २६७ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा २६७.०३ प्रतिशतले बढेर १० करोड ५८ लाख २७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले खुद नाफा २ करोड ८८ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको थियो ।
गत असार मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी २१०.९१ प्रतिशत बढेर २६ करोड ९६ लाख २३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तले खुद ब्याज आम्दानी ८ करोड ६७ लाख २१ हजार रुपैयाँ आर्जन गरेको थियो ।
समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ३८ करोड ९६ लाख ४९ हजार रुपैयाँ ऋणात्मक रहेको छ । लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा ५७ करोड ९० लाख ७ हजाररुपैयाँ छुट्याएको छ । लघुवित्तले ५६ करोड ६० लाख २८ हजार रुपैयाँ खराब कर्जा संकलन गरेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ८९.४४ प्रतिशत बढेर २५ करोड ४९ लाख ५४ हजार रुपैयाँ, जगेडा कोष २६४.७८ प्रतिशत बढेर १५ करोड ९७ लाख ७६ हजार रुपैयाँ, सापटी १६०.९६ प्रतिशत बढेर २ अर्ब ४६ करोड ७३ लाख ४२ हजार रुपैयाँ, निक्षेप १२७.३० प्रतिशत बढेर८२ करोड ३१ लाख ४ हजार रुपैयाँ र कर्जा १६३.३३ प्रतिशत बढेर ३ अर्ब ५७ करोड ४ लाख २९ हजार रुपैयाँ पुगेको छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी २० रुपैयाँ ८ पैसा बढेर ४१ रुपैयाँ ५१ पैसा पुगेको छ । मूल्य आम्दानी अनुपात ४४.९३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ ६७ पैसा रहेको छ ।












