वरिष्ठ उपाध्यक्ष ढकालले धितोपत्र बोर्डमा उपस्थित हुनुभन्दा झण्डै २ महिना अघि शेयर कारोबार गरेका थिए
काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रमोटर शेयर खरिद सम्बन्धी विषयसंग नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नाम जोडेर केही सञ्चार माध्यमहरूमा आएका समाचारप्रति यस महासंघको गम्भिर ध्यानाकर्षण भएको छ ।
नेपाल धितोपत्र बोर्डमा महासंघकोतर्फबाट प्रतिनिधिको रुपमा सञ्चालक रहने व्यवस्था अनुसार महासंघले वरिष्ठ उपाध्यक्ष ढकाललाई २०७७ मंसिर ३० गते नेपाल धितोपत्र बोर्डको प्रतिनिधि तोकेको र उहांको बोर्ड बैठकमा मिति २०७७ माघ ११ गतेदेखिमात्र उपस्थिति भएका थिए ।
उहा“संग उहँ“का भाइ हेमराज ढकालले वरिष्ठ उपाध्यक्ष ढकाल धितोपत्र बोर्डमा प्रतिनिधि बन्नु अगावै (ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुपूर्व तथा धितोपत्र बोर्डमा सञ्चालकको रूपमा उपस्थित हुनुभन्दा झण्डै दुई महिना अगाडि २०७७ मंसिर १४ गते) गरिएको शेयर कारोबारकोे विषयलाई जोडेर आएका भ्रामक समाचारले संस्था तथा व्यक्तिको प्रतिष्ठामा गम्भिर आँच पुर्याउने हुँदा सत्यतथ्य बुझेरमात्र समाचार सम्प्रेषण गर्न महासंघले आग्रह गरेको छ ।













