गणपति लघुवित्तको सबै सूचकमा प्रगति, नाफा ७६ प्रतिशत र ब्याज आम्दानी ४१ प्रतिशत बढ्यो, अन्य सूचक कस्ता ?
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ७५.९१ प्रतिशत बढेर ४ करोड २१ लख ३१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले खुद नाफा २ करोड ३९ लाख ५० हजार रुपैयाँ आर्जन गरेको थियो ।
गत असार मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ४०.७५ प्रतिशत बढेर १३ करोड२५ लाख ७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तले खुद ब्याज आम्दानी ९ करोड ४१ लाख ४६ हजार रुपैयाँ आर्जन गरेको थियो ।
समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ६०.०८ प्रतिशत बढेर ४ करोड ८६ लाख ४८ हजार रुपैयाँ छ भने १ करोड ७९ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ ।
गत असार मसान्तसम्म लघुवित्तको चुक्ता पूँजी १५ प्रतिशत बढेर १२ करोड ७३ लाख ५६ हजार रुपैयाँ, जगेडा कोष ७३.३६ प्रतिशत बढेर ५ करोड ६३ लाख ८८ हजार रुपैयाँ, सापटी १८.३५ प्रतिशत बढेर १ अर्ब २ करोड ४७ लाख ८९ हजार रुपैयाँ, निक्षेप ३८.१० प्रतिशत बढेर ४१ करोड ९७ लाख ४२ हजार रुपैयाँ र कर्जा २१.१० प्रतिशत बढेर १ अर्ब ५४ करोड ५३ लाख ६ हजार रुपैयाँ रहेको छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस ११ रुपैयाँ ४६ पैसा बढेर ३३ रुपैयाँ ८ पैसा छ । मूल्य आम्दानी अनुपात ५१.४८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ २८ पैसा रहेको छ ।












