हालै आईपीओ निष्कासन गरेको महिला लघुवित्तको नाफा १६८ प्रतिशत बृद्धि, प्रतिशेयर आम्दानी दोब्बरले बढ्यो
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १६७.८६ प्रतिशत बढेर ९ करोड २९ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तले खुद नाफा ३ करोड ७४ लाख १३ हजार रुपैयाँ आर्जन गरेको छ ।
महिला लघुवित्तले गत बर्ष माघ अन्ति सातादेखि सर्वसाधारणलाई प्राथमिक सेयर आईपीओ निष्कासन गरेको थियो । हाल लघुवित्तको दोस्रो बजामा प्रतिकित्ता मूल्य ५ हजार ३ सय रुपैयाँ रहेको छ ।
गत असार मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ८७.४६ प्रतिशत बढेर २४ करोड ४ लाख ८३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १२ करोड ८२ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको थियो ।
समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा १७७.८८ प्रतिशत बढेर १० करोड ६० लाख ८५ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ३ कराडे ८१ लख ७६ हजार रुपैयाँ रहेको थियो ।
लघुवित्तले असार मसान्तसम्ममा सम्भावित जोखिम बापतको व्यवस्थामा १० करोड रुपैयाँ छुट्याएको छ भने ४ करोड १५ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।
समीक्षा अवधिसम्म लघुवित्तको चुक्ता पूँजी ६६.६७ बढेर १० करोड रुपैयाँ, जगेडा कोष ७२.७२ प्रतिशत बढेर २२ करोड ८ लाख ९६ हजार रुपैयाँ, सापटी १२१.९४ प्रतिशत बढेर २ अर्ब २४ करोड ६८ लाख ७३ हजार रुपैयाँ, निक्षेप ४०.५० प्रतिशत बढेर ९२ करोड ८० लाख ९० हजार रुपैयाँ र कर्जा ९१.९६ प्रतिशत बढेर ३ अर्ब ३३ करोड ६७ लाख ८५ हजार रुपैयाँ रहेको छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस ३५ रुपैयाँ १३ पैसाबाट ५७ रुपैयाँ ८६ पैसाले बढेर ९२ रुपैयाँ ९८ पैसा पुगेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ५२.३८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३२० रुपैयाँ ९० पैसा रहेको छ ।












